काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरु हुन सकेको छैन ।
गत जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफलका लागि आइतबारबाट निरन्तर बैठक बसिरहेको छ ।
आइतबार एमाले लगायत प्रतिपक्षी दलको विरोधपछि बैठक अवरुद्ध भएको थियो । भने सोमबारको बैठकमा पनि प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयले प्रवेश पाएसँगै बजेटबारे छलफल धेरै हुन पाएन ।
तर आजको बैठक भने अझै शुरु हुन सकेको छैन । सभामुखसँग राजनीतिक दलका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका कारण बैठक शुरु हुन नसकेको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले लोकपथलाई जानकारी दिए ।
‘आन्तरिक छलफल भइरहेकाले बैठक शुरु हुन नसकेको हो । केही बेरमा बैठक शुरु हुनेछ ।’ धमलाले लोकपथसँग भने ।
सरकारको कामकारबाहीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुस्ट बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया