काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतवार दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बस्न लागेको हो ।
कांग्रेसले सरकारका पछिल्ला कार्यशैलीको विरोधमा भ्रातृसंगठनलाई सडकमा उतार्ने तयारी गरेको छ । बैठकले भ्रातृसंगठनका विरोधका कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ ।
सरकारले गते शुक्रवार संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि सडकबाट पनि विरोध शुरु गर्न थालेको हो ।
कार्यालय सचिव प्रेम केसीका अनुसार आज बस्ने बैठकले भ्रातृसंगठनका राजधानी केन्द्रीत विरोधका कार्यक्रम तय गर्ने छ ।
सरकारका पछिल्ला कामकारवाहीका विषयमा भने कांग्रेसले प्रदेशगत रुपमा विरोधका कार्यक्रम गरिरहेको छ । ५ वटा प्रदेशमा विरोधका कार्यक्रम गरिसकेको कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा र भोलि (सोमवार) कर्णाली प्रदेशको सुर्खेतमा विरोधका कार्यक्रम गर्ने तयारी गरेको छ ।
सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच प्रतिनिधि सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नु, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन नगर्नु, प्रतिपक्षी विना नै संवैधानिक आयोगका प्रमुख आयुक्त सिफारिस गर्नु कांग्रेसको विरोधका कार्यक्रमको मुख्य एजेण्डा रहेको छ ।
यस्तै आजको बैठकमा पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पतालको विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
गत बिहीवारबाट केन्द्रीय समिति बैठक शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया