काठमाडौं । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया