काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिह बुढा हराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कबिता बुढाको शव फेला पारेको हो ।
दिलिप सिह बुढा र बालक डन्डी राज बुढाको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै पर्सा, ठोरी गाउँपालिका–२ ठोरीस्थित टाउन प्लान होटल संचालन गरी बस्ने भारत बेतिया नरकटियागंज घर भएका २६ वर्षीया आस्मा क्षेत्री आफ्नै होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी म्याग्दी, रघुगंगा गाउँपालिका–६ नाङगे जंगलस्थित खोल्सामा सोही गाउँपालिका–६ कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेर्पुन्जा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
घास काट्ने क्रममा अचानक माथिबाट बाढी आई हरिमायालाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
छुट्टाछुट्टै घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया