१२ आश्विन २०८०, शुक्रवार

युएईका राष्ट्रपतिलाई साइप्रसका राष्ट्रपतिबाट लिखित सन्देश

२०८०,जेष्ठ,२२,सोमवार १७:५२

99
Shares

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे लिखित सन्देश प्राप्त गरेका छन् ।

अबु धाबीमा साइप्रसका विदेश मन्त्री कन्स्टान्टिनोस कोम्बोससँगको भेटमा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानलाई यो सन्देश दिइएको हो। भेटका क्रममा उनीहरूले युएई र साइप्रसबीचको मित्रता र रणनीतिक साझेदारी सम्बन्धमा छलफल गर्नुका साथै विभिन्न क्षेत्रमा सहयोगलाई अझ प्रगाढ बनाउने उपायहरूको खोजी गरेका थिए ।

दुई मन्त्रीहरूले एचएच शेख अब्दुल्लाह बिन जायदले अप्रिलमा साइप्रसमा गरेका कार्य भ्रमणको नतिजाको समीक्षा गरेका छन् । उनीहरूले विभिन्न क्षेत्रहरूमा युएई-साइप्रियट सहयोगको निरन्तर वृद्धि र विकासलाई पनि दोहोर्याएका छन् ।

छलफलमा क्षेत्रीय र अन्तरराष्ट्रिय परिस्थिति र घटनाक्रमका साथै अन्तरराष्ट्रिय सङ्गठनहरूबीचको संयुक्त सहकार्यका बारेमा पनि छलफल भएको थियो ।

शेख अब्दुल्ला र कम्बोसले जलवायु परिवर्तन र जलवायु परिवर्तनको प्रभावसँग लड्न बहुपक्षीय प्रयासहरूमा गुणात्मक फड्को मार्ने उपलब्ध अवसरहरू लगायत थुप्रै आपसी साझा विषयहरूमा पनि छलफल गरेका छन् ।

उनीहरूले नोभेम्बरमा दुबईमा हुन लागेको २८औँ कन्फ्रेन्स अफ द पार्टिज (कोप २८) युएईले आयोजना गर्ने तयारीबारे पनि छलफल गरेका थिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२२,सोमवार १७:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग

काठमाडौं । उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ। अब कानून बनेपछि उत्तर कोरियाको आणविक

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५