१२ आश्विन २०८०, शुक्रवार

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

२०८०,जेष्ठ,२२,सोमवार १७:४३

0
Shares

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

२०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना भएको थियो । कार्यक्रममा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बासिन्दा, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले गत जेठ ११ गतदेखि कर्णाली प्रदेशको जुम्लाबाट नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम शुरू गरेको थियो । नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरू सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । उक्त एप सञ्चालनमा आएपनि साक्षरताको अभावमा अझै पनि धेरैले प्रयोग गरिरहेका छैनन् ।
त्यसैकारण गाउँ गाउँसम्म नागरिक चलाउन सिकाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू गरिएको हो । अहिलेसम्म कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र मधेश प्रदेशका १५ बढी ठाउँमा साक्षरता कार्यक्रम सम्पन्न भइसकेको छ । नागरिक एपबाट फोकल पर्सनको रूपमा केन्द्रका कम्प्युटर इन्जिनियर प्रविण चौहान र नागरिक एपका परियोजना निर्देशक सन्तोष अर्यालले प्रस्तुती तथा नागरिक एप सम्बन्धि उठेका जिज्ञासालाई सम्बोधन गरिरहेका छन् ।

नागरिक एप सम्बन्धि डिजिटल कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ । अहिलेसम्म नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरू उपलब्ध छन् । एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने काम भइरहेको छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।

यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२२,सोमवार १७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५