१४ आश्विन २०८०, आईतवार

अफगानिस्तानलाई एक हजार पाँच सय मेगावाट विद्युत् आवश्यक : तालिबान

२०८०,जेष्ठ,२२,सोमवार १७:०८

54
Shares

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ ।

विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ ।” उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ ।

अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पुर्याउँदै आएको छ । यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् ।

सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन ।

“यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता १०५ मेगावाट छ ।सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ, स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए ।

अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२२,सोमवार १७:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ। सूचना पाएलगत्तै

काठमाडौं । अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८