काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सदनबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै तत्कालीन राष्ट्रपति भण्डारीद्वारा मिचिएको संविधानलाई ट्रकमा ल्याएको बताएका हुन् ।
‘एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हकमा आफ्नो दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिती थियो । खारेज गर्ने स्थिती थिएन । फेरि फिर्ता पठाउन पनि सम्भव थिएन। सदनले दुई दुई पटक पारित गरिसकेको विधेयक राष्ट्रपति कार्यालयको दराजमा राखिएको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया