नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमालेले गर्यो संसद अवरुद्ध

लोकपथ
169
Shares
?????? ???? ??? ???? ?????????? ???????? ????? ????????? ??? ?????? ???????? ??? ???? ???? ??????? ????? ????? (?????)?? ???????? ? ???????????

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयले संसदमा हंगामा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका सवालका जवाफ दिइरहेका छन् । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले उठेर विरोध जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै दुई दुई पटक सदनबाट पास भएको विधेयक पास भएकोमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको बताए ।
अघिल्लो राष्ट्रपतिले विधेयकलाई कार्यालयमा थन्क्याएर राखेको भन्दै वर्तमान राष्ट्रपतिले पास गरेर समस्या समाधानको बाटोमा जाने विश्वास गरे ।

‘एउटा राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हैसियतमा पालन गर्नुपर्ने दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिती थियो । खारेज गर्न त भएन । फेरि फिर्ता गर्न पनि सम्भव थिएन । सदनले दुई दुई पटक पारित गरिसकेको विधेयक हो । गएर बसेको छ राष्ट्रपति कार्यालय । राष्ट्रपति कार्यालयमा बसेको छ त्यो विधेयक । अब संविधान नमिचिकन संविधानमाथि प्रश्न नउठिकन त्यसलाई प्रमाणीकरण गर्ने हामीसँग विकल्प के छ ? गलत सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णय दुई दुई पटक गरेको निर्णयलाई अपमान हो ?’ प्रधानमन्त्री प्रचण्डले भने ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एकालेका सांसदहरुले प्रधानमन्त्रीले बोल्दै गर्दा आपत्ति जनाएपछि सदन अवरुद्धको अवस्थामा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?