दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन

लोकपथ
416
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने कलाकार तथा टेलिभिजन व्यक्तित्व कोल्लम सुधीको मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य तीन कलाकार घाइते भएका छन् ।

सो कारमा सुधी, उल्लास अरुर, बिनु आदिमाली र महेश सवार थिए । बिहान ४ः३० बजे क्याप मंगलममा ट्रकसँग कार ठोक्किएको थियो ।

मिडिया रिपोर्टका अनुसार कोल्लम सुधीको कार विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा अभिनेताको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तुरुन्तै थिसुरको कोडुङ्गल्लुरको एक निजी अस्पतालमा भर्ना गरिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भयो।

अभिनेताले २०१५ मा रिलिज भएको फिल्म ‘कन्थरी’ बाट आफ्नो करियर सुरु गरेका थिए । यस बाहेक अभिनेता ‘कटप्पानाले ऋत्विक रोशन’, ‘कुटनादन माराप्पा’, ‘थिटा राप्पाई’, ‘वकाथिरिव’, ‘एन इन्टरनेशनल लोकल स्टोरी’, ‘एस्केप’, ‘केसु ई वेदिन्थे नाधान’ र ‘एस्केप’ जस्ता फिल्महरूमा देखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?