काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा हंगामा भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण र नागरिकत विधेयकका बारेमा जवाफ दिएका थिए ।
त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री आफैँले उद्घाटन गरेको पोखरा विमानस्थलबाट आउनुहुन्छ भनेको त भैसी चडेर आएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहान्थ्यौ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमै झर्नुहुन्छ होला भनेको त दुर्भाग्यवस भैसी चडेर आएको कुरा आयो…।’ उनले भनेका थिए ।
त्यसपछि प्रधानमन्त्रीको मानमर्दन गरिएको भन्दै माओवादीका सांसदहरुले आपत्ति जनाएका थिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको मानमर्दन गरिएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन गरेका थिए । त्यसपछि संसदमा थप होहल्ला भएपछि सभामुखले उक्त भनाइलाई रेकर्डबाट हटेको जानकारी गराएका थिए ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री स्वंयमले उक्त भनाइ पनि रेकर्डबाट हटाउन माग गरेका थिए ।
संसदमा लामो होहल्ला भएपछि सभामुखले उक्त भनाइ जसले प्रयोग गरेको भए पनि रेकर्डबाट हटेका जानकारी गरे ।
आजको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा पाएको भनिएको मुर्रा भैसी अहिले नभएर ७ वर्ष अघि नै सम्झौता भएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया