टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएपछि धादिङको गल्छी तनावग्रस्त, गल्छी-बैरेनी सडक अवरुद्ध

लोकपथ
350
Shares

काठमाडौं । काठमाडौंको थानकोटमा टिप्परले ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ना-५ ख ५३२२ नम्बरको टिप्परले ठक्कर दिएर मृत्यु भएपछि मृतकका आफन्तहरुले धादिङको गल्छी-बैरेनी सडक अवरुद्ध गरेका छन् ।

थानकोटमा शनिबार नारायणी यातायात व्यवसायी संघको टिप्परले पल्सर मोटरसाइकललाई ठक्कर दिँदा बाइक चालक गोविन्द अधिकारीको घटनास्थलमै निधन भएको हो भने उनकी श्रीमती जानुका अधिकारीको सोमबार बिहान उपचारका क्रममा निधन भएको हो ।

निधन भएपछि सवारीधनीले क्षतिपूर्ति दिन नमानेको र मृतकका एक छोरा र छोरीलाई अध्ययनका लागि आवश्यक क्षतिपूर्ति दिन अटेर गरेको भन्दै मृतकका आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् ।

मृतकका आफन्त दीपेश अधिकारीले शनिबार भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर काठमाडौंबाट धादिङको गल्छि (घर) फर्कने क्रममा जलकन्या आ.वि पाल्चोक धादिङका प्रधानाध्यापक गोविन्द अधिकारीले चलाएको मोटरसाइकललाई काठमाडौको थानकोटमा टिप्परले ठक्कर दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?