चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रीफर खस्दा चालक घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१४० नम्बरको सिमेन्ट बोकेको ट्रीफर अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बर्षमाडीका ३२ वर्षीय चालक प्रदीप थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । टिपर नदीबाट निकाल्न सकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया