भारत भ्रमणबारे प्रचण्डको जवाफ– ‘मोदीसँगको भेटघाट अहिलेसम्मकै महत्वपूर्ण भयो’

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन् ।

भारत भ्रमणका विषयमा आज प्रतिनिधि सभालाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेट यसअघिको भन्दा महत्वपूर्ण भएको बताए ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भएको भेट महत्वपूर्ण हुन्थ्यो र भयो पनि । सो क्रममा हैदरावाद हाउसमा व्यापार, पारवाहन, लगानी प्रवद्र्धन उर्जा व्यापार, क्रस बोर्डर ट्रान्समिसन सिँचाइ, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क बढाउने, रेलवे सेवा सञ्चालन, पुलहरुको निर्माण तथा एकीकृत जाँचचौकी एवं सुख्खा बन्दरगाह लगायत बनाउने लगायत सम्झौता भयो ।’ उनले भने ।

त्यस्तै भेटक्रममा नेपाल भारत सीमामा हुने डुबान समस्या समाधान गर्ने विषयमा सकारात्मक छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?