काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् ।प्रतिनिधि सभाको आज सोमबार बस्ने बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् ।
भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार स्वदेश फर्केका थिए ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया