ज्लाटन इब्राहिमोविचले लिए फुटबल जीवनबाट सन्यास

लोकपथ
234
Shares

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

इब्राहिमोविचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम लिग खेल भेरोनाविरुद्धको खेलपछि इब्राहिमोविचले सन्यास घोषणा गरेका हुन् ।

‘म फुटबललाई अलविदा भन्छु तर तपाईहरुलाई होइन,’ इब्राहिमोविचले सन्यासपछि भनेका छन् ।

इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी मिलन र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरेक छन् । उनले चार देशहरूमा लिग उपाधि जितेका थिए।

इब्राहिमोविचले २०१९ मा एसी मिलान फर्किएका थिए । तर, चोटका कारण उनले यस सिजन मात्र ४ खेल खेलेका थिए।मिलानसँग इब्राहिमोविचको सम्झौता यसै महिना सकिदैछ ।

इब्राहिमोविचले आफ्नो करियरमा १४ लिग उपाधिसहित कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी ओरका लागि मनोनित भएका थिए ।

इब्राहिमोविच स्विडेनका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?