१२ आश्विन २०८०, शुक्रवार

प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्छ : उपराष्ट्रपति यादव

२०८०,जेष्ठ,२२,सोमवार ०४:५२

18
Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरुप लिनका लागि सक्रिय हुनुपर्ने बताएका हुन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, “सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लागेमा मात्र विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्वले मूर्तरुप लिन सक्छ ।”

यस दिवसका अवसरमा ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले प्लास्टिक प्रदूषणले सिङ्गो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनीकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको उल्लेख गरेका छन् ।

उनले बढ्दो बसाई सराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने बताएका छन् ।

“विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष पछिल्लो समय नेपालको वातावरण प्रदूषणले स्वास्थ्य, आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा पनि गम्भीर प्रभाव परेको बारे भन्दै उनले भने, “पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने मूल मर्म बुझेर वातावरण प्रदूषण न्यूनीकरण गर्न सबै सरोकारवाला सचेत हुँदै सक्रिय सहभागिता अपरिहार्य छ । भाबी पिढीलाई प्रकृतिसँग माया र प्रेम गर्न सिकाउँदै वातावरण प्रदूषणले सिङ्गो मानव जातिमाथि पार्ने प्रभावको न्यूनीकरण गर्न सबै पक्ष सचेत भई अग्रसर हुनु पर्दछ ।”

उनले शुभकामना सन्देशमार्फत मानव क्रियाकलापले वन, जैविक विविधता सङ्कटमा पर्दै विभिन्न खालका प्राकृतिक प्रकोपहरुको सामना गरिरहनु परेको सन्दर्भमा स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति र प्राकृतिक वातावरणलाई दिगो संरक्षणमा एकजूट भई लाग्न अपिल गरेका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२२,सोमवार ०४:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३