१२ आश्विन २०८०, शुक्रवार

पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु आधुनिकता होइन : उपप्रधानमन्त्री श्रेष्ठ

२०८०,जेष्ठ,२१,आईतवार २०:१३

0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् ।

आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताए ।

“पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु । आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन । आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो । हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ । यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ”, उनले भने ।
मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२१,आईतवार २०:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८