गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : समग्र विकासका लागि के–के छन् योजना ? (पूर्णपाठ)

लोकपथ
78
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार गण्डकी प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक नीति तथा कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ प्रदेश मातहतका अस्पतालहरुमा ओपिडि सेवा र प्रयोगशाला सेवा निशुल्क गरिने व्यवस्था गरिएको छ ।

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरूको आत्मसम्मान कार्यक्रम सञ्चालन गरी प्रोत्साहन गरिने घोषणा गरिएको छ ।

त्यसको साथै पशुको पूर्ण खोप कार्यक्रमलाई विस्तार गरिने लगायत विभिन्न समयमा आउने महामारी तथा आपत्कालीन रोगको निदानका लागि आवश्यक व्यवस्था गरिने जानकारी गराएका छन् ।

त्यसैगरी दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैंसीको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?