तीन चिनियाँ अन्तरिक्ष यात्री ६ महिनापछि पृथ्वीमा फर्किए

लोकपथ
299
Shares

काठमाडाैं ।  चिनियाँ अन्तरिक्ष यात्री ६ महिनापछि आइतबार सकुशल पृथ्वीमा फर्किएका छन् । Shenzhou-15 बाट पृथ्वीमा फर्केका अन्तरिक्ष यात्रीहरू छ महिनादेखि अन्तरिक्षमा थिए, जहाँ उनीहरू चिनियाँ अन्तरिक्ष स्टेशन निर्माण गर्ने अभियानमा थिए ।

चिनियाँ अन्तरिक्ष एजेन्सीले फेइ जुनलङ, देङ छिङमिङ र झाङ लु उत्तरी चीनको डोङफेङ ल्यान्डिङ साइटमा बिहान ६:३३ मा अवतरण गरेको जनाएको छ। एजेन्सीले यात्रुहरु स्वस्थ रहेको र मानवीय अभियान सफल भएको बताएको छ ।

पृथ्वीमा फर्किएपछि यात्रुहरूले के भने

हामी हाम्रो देश फर्कन पाउँदा खुसी छौं। यसअघि सन् २००५ मा फेइले शेन्झाउ–६ बाट पनि अन्तरिक्ष यात्रा गरेका थिए । २५ वर्षको तयारीपछि देङले अन्तरिक्षमा जाने मौका पाएका थिए । सपना पूरा गर्ने कुरामा म सधैं विश्वास गर्छु उनले भने । म धेरै खुसी छु कि म देश को लागी उपयोगी हुन सके।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?