१४ आश्विन २०८०, आईतवार

हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने

२०८०,जेष्ठ,२१,आईतवार १७:४४

0
Shares

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि यही जेठ २३ देखि २६ सम्म काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको हो । मार्टको सम्पूर्ण तयारी पूरा भएको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिएका छन् । उनका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउनेछन् । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिने छन् ।

कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पुर्याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रिय रुपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सिइओ बुडालको भनाइ छ ।“दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल तथा रायसुझाव लिइनेछ”, उनले भने ।

‘रि(कनेक्टिङ, रि(बिल्डिङ र रि-इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्ट अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ । मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन्। देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रुपमा स्थापित मार्टले पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउन तथा हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मद्दत पुग्ने विश्वास लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रियलगायत पर्यटन क्षेत्रका विभिन्न सङ्घ-संस्थाको विशेष सहयोग तथा सहकार्यमा मार्ट आयोजना गर्न लागिएको हो । सन् २०१७ देखि २०१९ सम्म वार्षिकरुपमा आयोजना हुँदै आएको मार्ट कोभिड-१९ महामारीका कारण सन् २०१९ पश्चात आयोजना हुन नसकेको थिएन ।

नेपाललाई विश्वसामु ‘हिमालय प्रवेशद्वार’ साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटन मैत्री गन्तव्यको बलियो ब्राण्डका रुपमा स्थापित गर्ने प्रमुख उद्देश्यका साथ हरेक वर्ष मार्ट आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२१,आईतवार १७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ ।

काठमाडौं । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८