ओडिशा रेल दुर्घटनाको मुद्दा सर्वोच्च अदालतमा

लोकपथ
299
Shares

काठमाडौं । भारतको ओडिशा रेल दुर्घटनाको मुद्दा भारतीय सर्वोच्च अदालतमा पुगेको छ। रेल दुर्घटनाको मुद्दाको अनुसन्धानका लागि अदालतमा निवेदन परेको हो ।

निवेदनमा भनिएको छ कि बालासोर रेल दुर्घटनाको अनुसन्धान गर्न सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा एक विशेषज्ञको समिति गठन गरिनुपर्छ। अधिवक्ता विशाल तिवारीद्वारा दायर गरेका हुन् ।

मुख्यमन्त्रीले गरे क्षतिपूर्तिको घोषणा

आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । उक्त सहयोग मुख्यमन्त्री राहत कोषबाट दिइने छ । मुख्यमन्त्रीको कार्यालयले दुर्घटनामा ज्यान गुमाउनेका आश्रितलाई ५र५ लाख र घाइतेलाई १ लाख रुपैयाँ दिने जनाएको छ ।

कसरी भयो दुर्घटना ? 

बहानागा बजार रेलवे स्टेसन नजिक कोरोमण्डल एक्सप्रेस मेन लाइनको सट्टा लुप लाइनमा छिरेपछि त्यहाँ रोकिएको मालगाडीसँग ठोक्किएको हो । बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेस पनि कोलकाताबाट २५० किलोमिटर दक्षिण र भुवनेश्वरबाट १७० किलोमिटर उत्तरमा बालासोर नजिक बहनगा बजार स्टेशनमा शुक्रबार दुर्घटनामा परेको थियो। यो रेल इतिहासको सबैभन्दा खराब दुर्घटना मध्ये एक हो। उक्त दुर्घटनामा २८८ यात्रुको मृत्यु भएको छ भने ११ सयभन्दा बढी यात्रु घाइते भएका छन् ।

रेल मन्त्रीले बताए दुर्घटनाको कारण

दुर्घटनाको दोस्रो दिन पनि रेल मन्त्रीले ओडिशाको बालासोर रेल दुर्घटना स्थलमा चलिरहेको मर्मत कार्यको निरीक्षण गरेका छन् । यस क्रममा उनले रेल दुर्घटनाको कारण पनि बताए । उनले यस विषयमा रेलवे सुरक्षा आयुक्तले अनुसन्धान गरिरहेको बताए । दुर्घटनाको पछाडि जिम्मेवार व्यक्तिहरुको पनि पहिचान भइसकेको रेल मन्त्रीले बताएका छन् । रेल मन्त्रीले इलेक्ट्रोनिक इन्टरलकिङ परिवर्तनका कारण दुर्घटना भएको खुलासा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?