दलहरुबीच सहमति नहुँदा भोलिसम्मका लागि सर्यो प्रतिनिधि सभा बैठक

लोकपथ
169
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि सरेको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले विरोध जनाएपछि बैठक १ घण्टाका लागि स्थगित गरिएको थियो ।

संसदको बैठक रोकेर एमालेसहितका दलसँग सभामुखले छलफल गरेका थिए । तर सहमति नजुटेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रमाणीकरण भएको नागरिकतासम्बन्धी विधेयकका विरुद्ध सांसदहरुले आवाज उठाएका थिए । एमालेसहितका दलहरुले नागरिकता विधेयकलाई फिर्ता गरेर नयाँ संशोधन प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?