राप्रपाको प्रश्न– ‘हतारमा कसलाई खुसी बनाउन नागरिकता विद्येयक पास गरियो?’

लोकपथ
21
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7sdf pkk|wfgdGqL lnªb]g pkk|wfgdGqL tyf pmhf{, hn;|f]t Pj+ l;FrfOdGqL /fh]Gb| lnªb]g laxLaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo /fVg’x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकता विद्येयक प्रमाणीकरण गरेको प्रति आपत्ति जनाएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल दलको निर्देशनमा चलेको आरोप लगाए ।

नागरिकता जस्तो विषयमा छलफल नै नगरी हतारमा पास गरेर सरकारले कसलाई खुसी बनाउन लागिएको हो भन्दै प्रश्न गरे । साथै राष्ट्रपति संस्था स्वतन्त्र हुनुपर्नेमा दलको निर्देशनमा चलेको भन्दै कटाक्ष गरे ।

‘राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन ।’ उनले भने, ‘राष्ट्रपति संस्था अभिभावक हुन सक्दैन । दलको निर्देशनमा चल्छ भनेका थियौँ । अहिले त्यही भयो । यत्रो दिन किन नागरिकता विद्येयक प्रमाणीकरण गर्न पर्ने भएन । र अहिले भारत भ्रमण गर्न जानु भन्दा केही घण्टा अघि किन प्रमाणीकरण गरियो ।’
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी गरिएको प्रति पनि आपत्ति जनाए । जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी करार गरेको व्यक्तिलाई सरकारले उन्मुक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाए ।

‘आम माफीको कुरामा पनि हामी प्रश्न उठाउन चाहान्छौँ । तीनै तहको अदालतले गरेको फैसलाको पूर्ण पाठ समेत नआएको अवस्था कसको निर्देशनमा उन्मुक्ति दिइयो ।’ उनले भने ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमाणीकरण गरिएको नागरिकता विद्येयक फिर्ता गरेर पुनः छलफल गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?