सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका जाने भएका छन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दको पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो।

क्यानका प्रवक्ता दुर्गाराज पाठकका अनुसार सन्दीपलाई जतिसक्दो छिटो पठाउने तयारी भइरहेको छ ।

‘असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएपछि हामीले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी थालिसकेका छौँ । टिकटहरुको प्रवन्ध मिल्नासाथ उहाँ जानुहुन्छ । सम्भवत भोली बेलुकासम्म जानुहुन्छ ।’ प्रवक्ता पाठकले लोकपथसँग भने ।

राष्ट्रिय टोलीका अन्य सदस्यहरु गत मङ्गलवार नै अफ्रिका प्रस्थान गरिसकेका छन् । असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?