एमाले रास्वपा र राप्रपाको एकैस्वर– ‘नागरिकता विद्येयक फिर्ता गरियोस्’

लोकपथ
98
Shares
?????? ???? ??? ???? ?????????? ???????? ????? ????????? ??? ?????? ???????? ??? ???? ???? ??????? ????? ????? (?????)?? ???????? ? ???????????

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विद्येयकबारे असन्तुष्टि पैदा भएको छ ।

बैठकमा प्रमुखप्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका दलले नागरिकता विद्येयक फिर्ता गरेर संसदमा छलफल गर्न माग गरेका छन् ।

बैठक शुरु भएसँगै एमालेका प्रमुख सचेतक पदम गिरीले सदन चलिरहेको अवस्थामा घुमाउरो बाटोबाट विद्येयक पास गरिएको भन्दै आपत्ति जनाए । नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रपतिले स्वार्थको आधारमा पुरानै विद्येयक प्रमाणीकरण गरिएको भन्दै त्यसलाई फिर्ता गरेर पुन प्रक्रियागत रुपमा त्यसलाई अगाडी बढाउन आग्रह गरे ।

‘यो विद्येयकलाई फिर्ता गरियोस् र संसदमा त्यसको विषयमा छलफल गरियोस् ।’ उनले भने ।

त्यस्तै प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरिएका कतिपय विषय राष्ट्रघाती रहेको भन्दै प्रधानमन्त्रीको जवाफ समेत माग गरिएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीेले पनि नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रपतिले घुमाउरो बाटोबाट प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बोल्दै राष्ट्रपतिले विधि मिचेर विद्येयक प्रमाणीकरण गरेको आरोप लगाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि त्यसको विरोध गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ताजा जनादेश हुँदाहुँदै विधान मिचेर राष्ट्रपतिले विद्येयक प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए । साथै अन्य समयमा लुकेर बसेको विद्येयक प्रधानमन्त्रीको भारत भ्रमणका पूर्वसन्ध्यामा पास गरिएको भन्दै राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाए ।
‘राष्ट्रपति संस्था अभिभावक हुन सक्दैन । दलको निर्देशनमा चल्छ भनेका थियौँ । अहिले त्यही भयो । यत्रो दिन किन नागरिकता विद्येयक प्रमाणीकरण गर्न पर्ने भएन । र अहिले भारत भ्रमण गर्न जानु भन्दा केही घण्टा अघि किन प्रमाणीकरण गरियो ।’ उनले भने ।

तीन दलको चरम असन्तुष्टिपछि प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?