काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बखेडा झिकेको छ ।
गत जेठ १५ गते अर्थमन्त्रीले पेश गरेको बजेटका विषयमा छलफलका लागि आजको बैठक आह्वान गरिएको थियो ।
तर एमालेले नागरिकता विद्येयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमण लगायत विषयमा प्रश्न उठाउँदै संसद बैठक अवरोध गरेको हो ।
यसअघि शनिबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले प्रधानमन्त्रीले भारत भ्रमणका सन्दर्भमा अत्यन्त गैरजिम्मेवार तरिकाले काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।
यता राप्रपाले पनि नागरिकता विद्येयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा असन्तुष्टि व्यक्त गर्दै बैठक रोकेर सार्वजनिक महत्वको विषयमा छलफल गर्न आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया