नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस शुरु

लोकपथ
70
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हाइ प्रोफाइलहरुमाथि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय प्रदान गरेका छन् ।

यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?