शाहरुख खानका छोरालाई पक्राउ गर्ने समीर वानखडेलाई ज्यान मार्ने धम्की

लोकपथ
975
Shares

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरोको मुम्बई जोनलका पूर्व निर्देशक समीर वानखेडेलाई ज्यानमार्ने धम्की आएको छ । पूर्व निर्देशक वानखेडे घुसखोरी मुद्दामा अभियुक्त छन्। समीर वानखेडेविरुद्ध अनुसन्धान भइरहेको र उनी सीबीआईसमक्ष पनि हाजिर भएका छन् ।

हालै समीर वानखेडेलाई अन्डरवर्ल्ड ग्याङ्स्टर दाउद इब्राहिमको नाममा धम्की आएको खबर आएको छ । यसबारे वानखेडेले प्रहरीमा उजुरी गरेका छन् । त्यसपछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई यस मामिलामा पक्राउ गरिएको थियो । समीर वानखेडेले मुम्बई प्रहरीमा नक्कली सामाजिक सञ्जाल अकाउन्टमार्फत ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् । वानखेडेका अनुसार यो धम्की दाउद इब्राहिमको नाममा प्रोफाइलबाट दिइएको हो ।

प्रहरीले अनुसन्धान थालेको छ। आर्यन खानलाई ड्रग्स मुद्दामा फसाउनका लागि समीर वानखेडेले २५ करोड रुपैयाँ घुस मागेको आरोप छ । यस विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ । समीर वानखेडेले सीबीआईको कारबाही विरुद्ध बम्बई उच्च अदालतमा पुगेका थिए, त्यसपछि वानखेडेले उच्च अदालतबाट मे २२ सम्म गिरफ्तारीबाट सुरक्षा पाएका थिए। पछि उच्च अदालतले यो राहत जेठ ८ गतेसम्म लम्ब्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?