अध्यक्ष झा द्धारा वीरगञ्ज रासस कार्यालयको निरीक्षण

लोकपथ
0
Shares

वीरगञ्ज । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्साको वीरगञ्जस्थित कार्यालयको निरीक्षण गरेका छन् ।

रासस कार्यालय भवनको निरीक्षणपश्चात् अध्यक्ष झाले ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न बढी ध्यान दिन निर्देशनसमेत दिएका छन्। उनले राससमा कार्यरत समाचारदाताको थप दक्षता अभिवृद्धिका लागि निकट भविष्यमै तालिमको व्यवस्था मिलाइने समेत जानकारी दिएका छन् ।

सो क्रममा वीरगञ्ज कार्यालयका प्रमुख राजु विश्वकर्माले कार्यालयको भौतिक संरचनाको अवस्थासँगै कार्यालय भवनको हालै गरिएको मर्मतसम्भार बारेमा अध्यक्ष झालाई जानकारी गराए । भवनको पछिल्लो समय जीर्णोद्धारसँगै रङरोगन गरिएको छ । सो अवसरमा अध्यक्ष झाले रासस वीरगञ्ज कार्यालयको ‘सटर’मा व्यवसाय गर्दै आएका व्यापारीसँग समेत छलफल गरेका छन्। अध्यक्ष झाका साथमा रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?