संसद बैठक स्थगत गर्न राप्रपाको माग

लोकपथ
49
Shares
राप्रपाका सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक स्थगन गर्न माग गरेको छ ।

नियमित कार्यसूची भन्दा सार्वजनिक महत्वको विषयमा छलफल गर्नुपर्ने भन्दै राप्रपाले बैठक स्थगनको माग गरेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले संघीय संसद सचिवालयलाई पत्र लेख्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७४ बमोजिम बैठक स्थगनको माग गरेका हुन् ।

संघीय संसद सचिवालयलाई पत्र लेख्दै उनले राष्ट्रपतिले नीति नियमविपरित नागरिकता विद्येयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीले भारत भ्रमणका विषयमा मुलुकको हित विपरित काम गरेको राप्रपाको आरोप रहेको छ ।

त्यसा त राप्रपाले मात्र नभइ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज संसद अवरोध गर्ने तयारी गरेको छ ।

बिहान ११ बजेबाट लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझैसम्म बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?