ह्वात्तै बढेको सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
494
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८ सय रहेको थियो । आज एकैपटक सुनको मूल्य २ हजार ८ सयले बृद्धि भइ १ लाख ११ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रहेको छ ।

यता प्रतितोला चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ५ रहेकोमा आज १ हजार ४ सय १५ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?