काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने एमालेले तयारी गरेको छ । । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची रहेपनि सुरुमै अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल एमालेले तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले अवरोधको तयारी गरेको हो ।
शनिवार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीप्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको थियो ।
भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसद्मा जवाफ माग गर्ने एमालेको निर्णय छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बङ्गलादेशसम्म पुग्ने बाटो दिए कालापानी र लिपुलेक दिन सकिने विवादास्पद अभिव्यक्ति दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया