काठमाडौं । चारदिने भारत भ्रमण सकेर आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किँदैछन् । बुधबार प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका रुपमा भारत गएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन् ।
केहीबेरअघि नयाँ दिल्लीबाट उनको बिदाई गरिएको छ ।
प्रधानमन्त्रीलाई भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतले बिदाई गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले यसअघि भन्दा अहिलेको भ्रमण महत्वपूर्ण र फलदायी रहेको प्रतिक्रिया दिएका छन् । साथै यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको र यसले दुरगामी महत्व राख्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया