काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेसहित केहि कार्यकर्ता पक्राउ परेका छन् ।
संसदबाट विधेयक पारितपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज पास भएको छ ।
शुक्रवार दिउँसो दुई घण्टा ढिलो गरि शुरुभएको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।
कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए लगतै विधेयकमाथि छलफल गर्न समय दिइएको थियो । तर, कसैले पनि भाग नलिएपछि शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भएको हो ।
यो सँगै कांग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया