कस्ता थिए राजा वीरेन्द्र ? अंगरक्षक टीका धमलाले यसरी सम्झिए… (भिडियाेसहित)

लोकपथ
143
Shares

काठमाडाैं । पूर्व राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी रहस्यमय दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रसहित १० जनाको मृत्यु हुनेगरी भएको राजदरवार हत्याकाण्ड अझै रहस्यकै गर्भमा छ ।

नेपालको इतिहासकै अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह,
शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

उक्त हत्याकाण्डबारे तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानबिन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्रले परिवारमाथि गोली चलाएको र आफूले गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यद्यपि, यसबारेमा सत्य तथ्य छानबिन गर्नुपर्ने आवाज उठिरहेका छन् । भलै, त्यसबारे थप छानबिन भने हुन सकेको छैन ।

तर, सबैको प्रीय राजा वीरेन्द्र कस्त स्वभावका थिए ? उनको जीवनशैली, स्वभाव, कस्तो थियो ? यसैविषयमा केन्द्रीत रही २० वर्षसम्म अंगरक्षकको रुपमा रहेर राजासँग निकट रहेका नेपाली सेनाका अवकास प्राप्त उपरथी टिका धमलासँग गरिएको भिडियो कुराकानी ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?