काठमाडौं । काग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
शुक्रबारको संसद बैठकपछि प्रतिकृया दिदै सभापति देउवाले सभामुख कृष्ण बहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप लगाए ।
उनले प्रतिपक्षको विरोधकाबीच सरकारले जवरजस्ती विधेयक पारित गरेकाले सरकारविरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने घोषणा गरे ।
त्यस्तै कांग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप लगाए ।
उनले सत्तापक्षले निषेधको राजनीति गरेको भन्दै काँग्रेसले सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया