काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभा बैठक शुरु भएको छ ।
शुक्रवार दिउँसो १ बजेको लागि बोलाएको बैठब साढे दुई घण्टापछि शुरु भएको हो ।
विरोधका बाबजुत सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । त्यस्तै चिकित्सा विधेयक पारित गर्ने एक मात्र सम्भावित कार्यसूची तया भएको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी काग्रेसको अवरोधका कारण गत सोमवार र मंगलवार बैठक स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया