काठमाडौं । त्रिवि शिक्षण अस्पताका प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न दवाव दिँदै प्रदर्शमा उत्रिएका चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरु पक्राउ परेका छन् ।
शुक्रवार दिउँसो नयाँ वानेश्वरमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईलाई प्रश्न सोधेका छन् ।
‘संविधानको भाग ३ को धारा ३५मा के लेखिएको ?, तपाईँको काठमाडौंमा ठूलो महल छ मेरो काठमाडौंमा घर छैन भनेर सांसदले घरभाडा सुविधा लिनुभएको रहेछ किन ?’ भन्दै प्रश्न गरेका छन् ।
उनीहरुले १७ औँ अनसनरत डा. केसीको माग पूरा गर्न दबाब दिँदै प्रदर्शन गरेका हुन् ।
त्यस्तै आजै डा. केसीको समर्थनमा विवेकशील नेपाली दलले नयाँ वानेश्वरस्थित संघीय संसदमा प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा विवेकशीलका संयोजक उज्वल थापा सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिइ नेपाल पुलिस क्लबमा राखेको छ ।
उता डा. केसीको पक्षमा कैलालीका विद्यार्थी खेम बहादुर मगर आजैबाट अनसन बस्दै छन् । मगर अनसन बस्नै १० दिनपहिले काठमाडौं आएको बताउँछन् । शुक्रवार दिउँसो ३ बजे सिंहदरबार अगाडिको सडकमा अनसन बस्ने तयारी भएको मगरले जानकारी दिए ।
उनले मगरले १७ औँ दिनदेखि अनसनरत डा. केसीको मागको समर्थन गर्दै ६ बुँदे माग अघि सारेका छन् ।
गत पुस २५ गते इलामबाट अनसन शुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई माघ ४ गते नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याइएको उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया