नेपाली सेनामा भर्ती हुन लागेकाले किन रोज्छन् दक्ष करियर एकेडेमी ?

लोकपथ
299
Shares

काठमाडौं । लामो समयदेखि नेपाली सेनामा भर्ती हुने तयारीमा रहेका विद्यार्थीहरुका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको दक्ष करियर एकेडेमीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको अनामनगरस्थित एक होटलमा नेपाली सेनाका अधिकृत क्याडेट लगायत विभिन्न तहमा आवेदन दिएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा. प्रेमसिंह बस्नेत प्रमुख अतिथिको रुपमा थिए । उनले विद्यार्थीहरुलाई नेपाल आर्मीको इतिहास, नेपाल आर्मीको वर्तमान अवस्थाका बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘आफ्नै मनबाट नेपाली सेनामा आवद्ध भइ देशको सेवा गर्छु भनेर आएकाहरु ५० प्रतिशत पास भइसक्छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिले जुनसुकै परीक्षा पनि उत्तिर्ण गर्न सक्छन् तर आमाबाबुको करकापले भर्ती हुन आएको मान्छेले केही पनि गर्न सक्दैन ।’

कार्यक्रममा बोल्नेक्रममा डा. बस्नेतले दक्ष एकेडेमी नेपाली सेनामा खारिएका व्यक्तिहरुले सञ्चालन गरेकाले नेपाली सेनामा भर्ती हुन चाहने जोसुकैले पनि त्यहाँ गएर तयारी गर्दा पछुताउन नपर्ने बताए । ‘नेपाली सेनामा लामो समय टिओ, जिटिओ, आइओ लगायतका परीक्षा लिएका अवकाश प्राप्त प्रमुख सेनानीहरुले दक्ष करिअर एकेडेमी सञ्चालन गर्नुभएको छ,’ उनले भने, ‘यस एकेडेमी अध्ययन गरेका विद्यार्थीले राम्रो नतिजासमेत ल्याएका छन् भन्ने पाएको छु त्यसैले मेहेनत गर्ने विद्यार्थीले दक्षमा आएको पछुतो मान्नु पर्दैन ।’

नेपाली सेनामा भर्ती हुँदाको फाइदा सुनाउँदै डा. बस्नेतले कतिपयले पैसा मागेर जागिर लगाइदिन्छु भन्ने हुँदा त्यसतर्फ होसियार रहन विद्यार्थीहरुलाई आग्रहसमेत गरे । ‘धेरैले पैसा बार्गेनिङ गरेर जागिर लगाइदिन्छु भनेर प्रलोभनमा पनि पार्न सक्छन्,’ उनले भने, ‘नेपाली सेनाले योग्यता, क्षमता र दक्षता हासिल गरेका व्यक्तिलाई मात्र लिन्छ त्यसैले कसैको प्रलोभनमा नपर्नुहोला ।’

कार्यक्रममा दक्ष एकेडेमीका सञ्चालक एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी फत्य खड्काले अतिथि तथा विद्यार्थीलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै उनले दक्ष एकेडेमीको विगत र वर्तमानका बारेमा जानकारी गराएका थिए ।

साथै, दक्ष एकेडेमीमा अध्ययन गरेका विद्यार्थीहरुले प्राप्त गरेको सफलताका बारेमा बोल्दै उनले भने, ‘हामीकहाँ हरेक विषयको अनुभवी शिक्षक शिक्षिकाहरु हुनुहुन्छ । अझै नेपाली सेनाको अधिकृत तहमा हुने जिटिओ, टिओ, आइओ परीक्षामा विगतमा नेपाली सेनामा कार्यरत रहँदा परीक्षा लिएका अवकाशप्राप्त प्रमुख सेनानीहरु हुनुहुन्छ ।’

त्यसैले साँच्चै नेपाली सेनामा भर्ती हुन्छु भनेर आएका विद्यार्थीलाई अभिप्रेरित गर्न सक्छौँ भन्ने विश्वास रहेको उनले बताए ।

एकेडेमीका अध्यक्ष एवम् अवकाश प्राप्त प्रमुख सेनानी किरणबिक्रम राणाले पनि दक्षमा आएका विद्यार्थीलाई नेपाली सेनाका लागि दक्ष बनाएर पठाउने कुरामा दृढ रहेको बताए । ‘हामीकहाँ अध्ययन गरेका अधिकांश विद्यार्थीले नेपाली सेनाको हरेक परीक्षा उत्तिर्ण गरेका छन्,’ उनले भने, ‘तपाईंहरु पनि नेपाली सेनामा भर्ती भएको हेर्न चाहन्छौँ ।’

काठमाडौंको बागबजारमा अवस्थित दक्ष एकेडेमीमा नेपाली सेनाको विभिन्न तहको तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ । यस एकेडेमीमा अध्ययन गरेका झण्डै ९५ प्रतिशत विद्यार्थी नेपाली सेनाको परीक्षा उत्तिर्ण गर्ने गरेको एकेडेमीका निर्देशक विदुर अधिकारी बताउँछन् । ‘हामीकहाँ अध्ययन गरेर नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीका लागि तयारी गरेका झण्डै ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भइरहेका छन्,’ उनले भने, ‘यही नै हाम्रो सफलता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?