‘भारतले चाहेको विषयमा नेपालले आँखा चिम्लेरै सहमति जनायो’

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले चाहे अनुसारको आफ्ना माग सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालको चाहना अनुसारको माग सम्बोधन नभएको बताउँदै भारतले चाहेका विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन नसक्ने घुमाउरो टिप्पणी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको भन्नुपर्ने विवसता रहेको बताए ।

उनले भनेका छन्, ‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आखा चिम्लेरै सहमति जनायो । तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवसता !’

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?