नबिल बैंकद्वारा एकसाथ ३८ शाखा उद्घाटन

लोकपथ
156
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो ।

ु‘नबिल बैंक अब तपाईसँग अझ नजिक’ भन्ने नाराका साथ सबल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विसर गरिएको बैंकले जनाएको छ ।

३८ नयाँ शाखा मध्य सबै भन्दा बढी बाग्मती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोसी प्रदेशमा एक ,मधेश प्रदेशमा आठ , गण्डकी प्रदेशमा तीन, लुुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले आठ वटा र बैंकका संचालक निर्वाण चोधरीले आठ वटा शाखाहरु उद्घाटन गरिएको हो ।

त्यस्तै बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंंक संचालक अनन्त पौडेल र प्रविन टिबडेवालाले थप ७ ्७ वटा शाखाको उद्घाटन गरेका हुन्।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका उच्चपदस्थ अधिकारीहरु र बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा संचालनमा आए सँगै बैंकका शाखा कार्यलयको संख्या २५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?