नेपाल–भारतबीच के–के भयो सम्झौता, शिलान्यास र उद्घाटन ? (सूचीसहित)

लोकपथ
168
Shares

काठमाडौं । नेपाल र भारतबीच विभिन्न सम्झौता, शिलान्यास र उद्घाटन भएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न सम्झौता भएको हो ।

बिहीबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालय हैदरावादमा भएको संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत पारवहन सम्झौता नविकरण, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने लगायत सम्झौता भएका छन् ।

त्यसैगरी बथनाहा विराटनगर कार्गो रेलको उद्घाटनदेखि अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको शिलान्यास लगायतका आयोजनाको शिलान्यास भएका छन् ।

के–के भयो शिलान्यास र उद्घाटन ?

अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन

के–के भयो सम्झौता ?

डिजिटल पेमेन्ट सम्झौता

चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

तल्लो अरुणको पिडिए गर्ने

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने ।
सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पु¥याउने ।

फुर्कोट कर्णाली भारतीय कम्पनीले बनाउने

नेपाल–भारत पारवहन सम्झौता नवीकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?