प्रधानमन्त्री प्रचण्ड र मोदीले गरे कार्गो रेलको उद्घाटन

लोकपथ
70
Shares

काठमाडौं । नेपाल र भारतबीच विभिन्न परियोजनाको उद्घाटन भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् ।

संयुक्त पत्रकार सम्मेलन गरी प्रधानमन्त्री प्रचण्ड र मोदीले अन्य

त्यससँगै तयारी अवस्थामा रहेको कार्गो रेल नेपाल प्रस्थान गरेको छ ।

उक्त रेल २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपालतर्फ प्रस्थान गरेको जानकारी गराइएको छ ।

कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ ।

यसैबीच दुई प्रधानमन्त्रीले सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास र नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको पनि उद्घाटन गरेका छन् ।

त्यस्तै दुई देशका प्रधानमन्त्रीले विभिन्न परियोजनाहरुको उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?