२० मङ्सिर २०८०, बुधबार

कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न नपाउने

२०७४,कार्तिक,८,बुधबार ०२:१०

0
Shares

काठमाडौं, ८ कात्तिक- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट वञ्चित भएका छन् । निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी वञ्चित भएका छन् । आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन्, राजधानी दैनिकमा खबर छ ।निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरूलाई मतदान गर्ने अधिकारबाट वञ्चित गरेको हो । यसअघि २०६४ र २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने समानुपातिकतर्फ उनीहरूको मताधिकार निर्वाचन कानुनबाटै सुरक्षित गरिएको थियो ।यसअघिका निर्वाचनमा निर्वाचन कानुनमै समानुपातिकतर्फ मतदान गर्न दिने व्यवस्था राखिएको र दलहरूबीच समेत सहमति भएका कारण मतदान गर्न दिइएको भए पनि यसपटक कानुनमा व्यवस्था नभएको र दलहरू पनि मतदान गर्न दिन सहमत नभएका कारण रोक लगाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार