काठमाडौं । ओस्कार अवार्डपछि सिनेमा जगतको दोस्रो महत्वपूर्ण मानिने अवार्ड हो बाफ्टा अवार्ड । यो अवार्ड जित्ने हरेक अभिनेता, फिल्म निर्माता र अभिनेत्रीको सपना पनि हुन्छ । ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) ले सन् २०२४ को अवार्डको मिति घोषणा गरेको छ ।
२०२४ मा यो अवार्ड समारोह कहिले आयोजना हुँदैछ भन्ने घोषणा गरिएको छ । यो अवार्ड समारोह सन् २०२४ को फेब्रुअरी १८ आइतबार हुनेछ । अवार्डको घोषणा अर्को वर्षको ओस्कार अवार्ड अघि गरिने छ ।
पहिलो पटक अवार्ड कहिले र कहाँबाट शुरु भयाे ?
१९४९ पहिलोपटक यो अवार्डको शुरुवात गरिएकाे थियो । जसमा सन् १९४७ र १९४८ को अवार्डहरू सिनेमा जगतका कलाकारहरूलाई प्रदान गरिएको थियो। प्रारम्भिक चरणमा यी उत्सवहरू अप्रिल वा मेमा हुने गर्थे, तर २००१ बाट यो फेब्रुअरीमा हुन थाल्यो। यसअघि यो अवार्ड लन्डनको लेस्टर स्क्वायरमा रहेको फ्ल्यागशिप ओडियन सिनेमामा आयोजना गरिएको थियो । २००८ देखि तिनीहरू लन्डनको रोयल ओपेरा हाउसमा आयोजिना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया