काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न ताकेता गरेको छ ।
मन्त्रालयले बुधबार ताकेता परिपत्र जारी गर्दै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को दफा ७ (घ) अनुसार अस्पतालहरूमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे, बिरामीको लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न भनेको हो ।
बुधबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटर स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन ध्यानाकर्षणसहितको अल्टिमेटम दिएका थिए ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको ताकेता परिपत्र :

यो पनि पढ्नुहोस् : ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर बालेनको चेतावनी, स्वास्थ्य मन्त्रालयलाई ७ दिनको अल्टिमेटम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया