नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध : रवि लामिछाने

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको बताएका छन् ।

सभापति लामिछानेले आफ्नो सामाजिक सञ्जालमा लेख्दै संसद्मा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक बुधबार प्रमाणीकरण गरेका छन् ।

‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’ लामिछानेले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?