जुवातास खेलिरहेको ६ जना पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । मुस्ताङमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?