‘अखण्ड भारत’ नक्सामा रास्वपाकाे आपत्ति, प्रधानमन्त्रीलाई सत्यतथ्य सार्वजनिक गर्न माग

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतले आफ्नो संसद भवनमा राखेको ‘अखण्ड भारत’ नक्सामा नेपाली भू-भाग समेटिएको प्रति ध्यानाकर्षण जनाएको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

“नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौं ।” विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति : 

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?